तीनकुनेस्थित बागमती करिडोरमा पनि चल्यो महानगरको डोजर


काठमाडौं – काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित वाग्मती करिडोर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।

महानगरले आइतबार बिहानदेखि उक्त क्षेत्रमा बनाइएका अवैध संरचनामा डोजर चलाइएको हो ।

महानगरको दैनिक कार्यतालिका अनुसार अवैध संरचनामा डोजर चलाउने काम भइरहेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

महानगरले ३५ दिने सुचना जारी गर्दै भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया