

अनुसन्धानलाई प्रभावित पार्ने गरी समाचारका आधारमा धारणा नबनाउनुहोस्ः मेयर गिरी

काठमाडौं – चन्द्रागिरी नगरपालिकाले कवाडी करलगायत अन्य विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने गरि प्रशारित समाचारका आधारमा धारणा नबनाउन नगरवासीलाई आग्रह गरेको छ ।
नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै कवाडी कर लगायत अन्य विषयलाई लिएर विभिन्न मितिमा सञ्चारमाध्यमबाट प्रशारित श्रव्यदृश्य सामाग्रीप्रति नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ । आफ्नो ४ दशक लामो राजनीतिक जीवन निस्कलंकित रहेको भन्दै नगर प्रमुख घनश्याम गिरीले नगरवासीको शिर निहुराउनुपर्ने काम आफुबाट नहुने प्रतिवद्धता पनि जनाएका छन् ।
‘सञ्चारमाध्यमबाट प्रशारित श्रव्यदृश्य सामाग्रीमा कवाडी सामानको विवरण दाखिला गर्दा र नाकाबाट बाहिर लैजाँदा सामानको विवरण फरक परेको भन्ने विषयमा मेरो व्यक्तिगत कुनै पनि संलग्नता नरहेको र घरटहरा सम्बन्धि विषयलाई समेत जोडेर मेरो व्यक्तिगत कुनै पनि संलग्नता नरहेको र घरटहरासम्बन्धि विषयलाई समेत जोडेर मेरो सार्वजनिक जीवनमा गम्भीर लाञ्छना लाग्ने गरी पूर्वाग्रही भई बद्नियतपूर्ण तरिकाले प्रसारित समाचार भ्रामक,कपोलकल्पित, मनगढन्ते रहेको र त्यसमा कुनै पनि सत्यता नभएको ,’ नगरप्रमुख घनश्याम गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘भ्रमपूर्ण सामाग्रीका आधारमा धारणा नबाउनुस्, नगरवासीको शिर निहुराउने काम हुनेछैन ।’ मेयर गिरी नगरपालिकालाई नै बद्नाम गर्नेगरि प्रसारित समाचारको वैधता परिक्षण गर्नुपर्ने भन्दै सो सामाग्रीका आधारमा धारणा नबनाउनपनि नगरवासीहरुलाई आग्रह गरिएको छ ।

