

एमालेको माग अनुुसार चोलेन्द्रलाई प्रतिप्रश्न सोध्ने तयारी स्थगित

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदै छ । यससँगै नेकपा एमालेको माग अनुुसार पुरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ ।
जबरालाई पुरक प्रश्न सोध्न भन्दै आज बिहान समितिको बैठक बसेको थियो । आज बिहान ९ बजेदेखि नै पुरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो । सोही अनुसार अगाडि बढ्न खोज्दा जेष्ठ सदस्य रामबहादुर विष्टलाई एमाले सांसदहरुले रोकेका थिए ।
सुरुमा बिगतमा चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरुले राखेका थिए । अहिले प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले बिगतको बयानमा जबरालाई हस्ताक्षर गराउँदैछ ।

