महाअभियोग समितिले भोलि चोलेन्द्रसँग पुरक प्रश्न सोध्ने


काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणासँग शुक्रबार (भोलि) पूरक प्रश्न सोधिने भएको छ । महाअभियोग सिफारिस समितिले चोलेन्द्रलाई पुरक प्रश्न सोध्न शुक्रबार बिहान ९ बजे बोलाएको हो ।

समितिले बयानका क्रममा चोलेन्द्रले आरोपित गरेका नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष, अध्यक्ष एवम् कानुन व्यवसायीहरुसँग आज बयान लिएको थियो ।

समितिले बोलाएका बहालवाला न्यायाधीश र पुर्वप्रधानन्यायाधीश भने समितिमा अनुपस्थित रहेका थिए । उनीहरुले आफुहरु समितिमा नजाने निर्णय गर्दै त्यसको जानकारी समितिलाई गराएका थिए ।

प्रतिक्रिया