नवौँ राष्ट्रिय खेलकुदका खेलस्थल तय (तालिकासहित)


काठमाडौं – आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको थियो । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरूको खेलस्थल सार्वजनिक गरेको हो ।

राखेपका अनुसार सुटिङ काठमाडौंमा हुनेछ । यस्तै, पौडी भने पोखरामै राखिएको छ । खेलकुदका ३६ खेलमा दुई खेलबाहेक अन्य खेलहरु गण्डकी प्रदेशमै हुने भएका छन् । यसअघि राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेलकुद गर्ने भने पनि कास्की, म्याग्दी, बाग्लुङ, नवलपुर र पर्वत गरी पाँच जिल्लामा हुने भएको छ ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट भने हाल त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा जारी छ । प्रतियोगिता २८ असोजबाट ३ कात्तिकसम्म हुँदैछ ।

प्रतिक्रिया