

मुस्ताङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दी – मुस्ताङको थासाङ गाउँपालिका-४ तल्लो घाँसामा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।
मुस्ताङबाट स्याउ बोकेर पोखराका लागि छुटेको ग १ ख ४१७७ नम्बरको ट्रक बुधबार दिउँसो ३ बजे बेनी–जोमसोम सडकको घाँसास्थित ओरालोमा ब्रेक फेल हुँदा भित्तामा जोतिएर सडकमा पल्टिँदा चालकको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ ।
ज्यान गुमाउने चालक सोलुखुम्बु जिल्ला सल्लेरीका हुन् ।

