जुम्लामा स्याउ महोत्सव सम्पन्न, बजारीकरणमा राज्यको प्राथमिकतामा पार्नुपर्ने निष्कर्ष


जुम्ला – तेस्रो स्याउ महोत्वस मंगलवार सम्पन्न भएको छ। स्याउको बजारीकरणमा राज्यको प्राथमिकतामा पार्नुपर्ने निष्कर्ष निकाल्दै महोत्सव सम्पन्न भएको हो।

काञ्जिरोवा टाइम्स पत्रिकाको आयोजनामा दुई दिन चलेको महोत्सवमा स्याउका विभिन्न परिकारका १४ वटा प्रतियोगात्मक स्टल राखिएका थिए। कृषि विज्ञले किसानको स्याउको स्वाद, गुणस्तर, र आकार परीक्षण गरेका थिए।

उत्कष्ट हुने पहिलो, दोस्रो र तेस्रो स्थान आउने कृषकलाई पुरुस्कृत भए। चन्दननाथ नगरपालिका ७ मिचा गाउँका रत्नबहादुर बमको स्याउ प्रथम भएको छ । चन्दननाथ नगरपालिका ८ भैरबहादुर धरालाको स्याउ दोस्रो र चन्दननाथ नगरपालिका ६ का तोयानाथ योगीको स्याउ तेस्रो भए। प्रथमलाई पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार नगद पुरस्कार हात पारे।

महोत्सव अवलोकन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भने स्याउ जुम्लाको पहिचान भएको बताए।

यो वर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ । भने स्याउ निर्यातबाट झण्डै ५० करोड जुम्लामा भित्रिने आँकलन गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

प्रतिक्रिया