

धनगढीमा अनशन बस्दै गोविन्द केसी

काठमाडौं – सरकारले बेवास्ता गरेको भन्दै सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् ।
माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै आज सोमबार बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ ।
उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।

