प्रधानमन्त्री देउवा चितवनमा

आजै राजधानी फर्किएर सिट बाँडफाँटका लागि गठबन्धनको शीर्ष नेताको छलफलमा सहभागी हुने


चितवन – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आइपुगेका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आइपुगेका हुन् ।

बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट चितवन आइपुगेका हुन् । उनको साथमा गृहमन्त्री बालकृष्ण खाँण पनि रहेका छन् । प्रधानमन्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्ने कार्यक्रम रहेको छ ।

यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ ।

चितवनको भेटघाटपछि देउवा राजधानी फर्कने र गठबन्धनको शीर्ष नेताहरुको छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया