सिट बाँडफाँटको काम आजै टुङ्ग्याइन्छः माओवादी अध्यक्ष प्रचण्ड


पोखरा – सत्ता गठबन्धनका प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट आजै टुंग्याउने बताएका छन् । त्यसका लागि आज अपराह्न तीन बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए ।

पोखरा विमानस्थलमा बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’ सिट बाँडफाँटको सहमति नजिक पुगेको उनको भनाइ छ ।

‘नेताहरुको अरु तिर कार्यक्रम नभएको भए हिजै टुंगिने अवस्था बनिसक्या थियो । तालमेलका लागि जलि समस्या भएको केही पनि छैन । तालमेलमा हामीले समझदारी बनाएर नै जान्छौं,’ उनले भने ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गत साउन तेस्रो साता नै गरे पनि गठबन्धनका घटकहरुबीच सिट बाँडफाँट टुंगो लागेको छैन ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् । चितवनबाट केही बेरमा फर्कने र ३ बजेको शीर्ष नेताको छलफलमा सहभागी हुने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रतिक्रिया