बालेन र सुनिताले दिए भारतविरूद्ध जितका लागि नेपाली महिला टिमलाई शुभकामना


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर शुभकामना दिएका छन् ।

शुक्रबार बिहान सोल्टी होटलमा पुगेर मेयर साह र उपमेयर डंगोलले टोलीलाई आगामी जीतका लागि शुभकामना दिएका हुन् ।

साफ च्याम्पियनिसिपअन्तर्गत नेपालले आज साविक विजेता भारतसँग सामना गर्दैछ । उक्त अवसरमा आज हुने खेलका साथै उपाधि नै हात पार्नका लागि मेयर र उपमेयरले शुभकामना दिएका थिए ।

पहिलो खेलमा नेपालले भुटानलाई र भारतले पाकिस्तानलाई पराजित गरिसकेका छन् ।

प्रतिक्रिया