

आर्मी र पुलिसले खेले गोलरहित बराबरी

काठमाडौं –आजबाट सुरु भएको राष्ट्रिय महिला लिग फुटबलमा दुई विभागीय टोलीले गोलरहित बराबरी खेलेका छन्।
दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपाल प्रहरी र त्रिभुवन आर्मीले पूरै समयमा कुनै पनि गोल गर्न सकेनन्। निर्धारित ९० मिनेटको खेलमा गोल नभएपछि दुवै टोलीले अंक बाँडेका छन्।
आजबाट खेल सुरु हुने भएपछि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले लिगमा सहभागी हुने तीन विभागसहित ४ नगरपालिकाका खेलाडी र अफिसीयलले कोरोना परीक्षण गरेको थियो।

लिगमा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीसहित रौतहटको चन्द्रपुर, स्याङ्जाको वालिङ, मोरङको विराटनगर र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्।
लिग विजेताले १५ तथा उपविजेताले ८ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले ५ तथा चौथो टोलीलाई ३ लाख रुपैयाँ दिइनेछ।

