आजबाट कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न नपाउने


काठमाडौं – सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।

निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो ।

आयोगले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कर्मचारी सरुवा बढुवा लगायत विभिन्न सरकारी काम काजमा रोक लगाउदै भदौ २ गते सुचना जरी गरी आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि बताए ।

 

 

प्रतिक्रिया