

शान्ता चौधरीले खोलिन् फिटनेश सेन्टर, कृषि मन्त्री अर्यालले काटिन् रिबन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री तथा पूर्वसचेतक शान्ता चौधरीले काठमाडौंको कोटेश्वरमा फिटनेश सेन्टर खोलेकी छन्।
महिला उद्यमशीलतालाई बल पुराउनका लागि व्यावसाय सुरु गरिएको बताएकी चौधरीको उक्त फिटनेश सेन्टरको उद्घाटन रिबन काटेर कृषि मन्त्री पद्मा अर्यालले बुधबार उद्घाटन गरेकी हुन्।
फिटनेस सेन्टरसहित ब्यूटि पार्लरको समेत सुरुआत गरिएको हो।

