
साफ च्याम्पियनशिप खेल्न भारत र बङ्ग्लादेशको टोली काठमाडाैंमा
काठमाडाैं – महिला साफ च्याम्पियनशिप फुटबल खेल्न भारत र बङ्ग्लादेशको टोली काठमाडाैं आइपुगेको छ ।
दुवै देशको महिला फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सदस्यले स्वागत गरेका छन् । महिला साफ च्याम्पियनशिप आउँदो मङ्गलवारदेखि दशरथ रङ्गशाला काठमाडाैंमा सुरु हुँदैछ ।
नेपाल, भुटान र श्रीलङ्का समूह ‘बी’ मा रहेका छन् । भारत, पाकिस्तान, माल्दिभ्स र बङ्ग्लादेश समूह ‘ए’ मा रहेका छन् । नेपालले आउँदाे मङ्गलवार बेलुका साढे ५ बजे भुटानसँग उद्घाटन खेल खेल्नेछ ।



कागजपत्र |
