

भक्तपुरका सहायक सिडिओ ढकालको निधन

चितवन- भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी (सिडियो) दुर्गादत्त ढकालको निधन भएको छ।
उनको उपचारका क्रममा मंगलबार भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
स्याङ्जा स्थायी घर भएका ढकालको पोखरामा अन्त्येष्टि गरिएको जनाइएको छ ।
विगत ८ महिनादेखि जिब्रोको क्यान्सरबाट संक्रमित ढकाललाई पछिल्लो समयमा चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिँदै आएको पारिवारिक स्रोतले जनाएको छ ।

