
२४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको मृत्यु
काठमाडौं ( पछिल्लो २४ घण्टामा २ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशभरबाट ३५३७ नमूना परीक्षण गर्दा सो सख्यामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३८१ र एन्टिजेनबाट २१५६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९२ र एन्टिजेनबाट १०८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।



कागजपत्र |
