
प्रधानमन्त्री देउवा आज बुटवल आउँदै
रुपन्देही — प्रधानमन्त्री शेरबहादुर देउवा आज रुपन्देहीको बुटवल आउने भएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं- १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवा उद्घाटनका लाग आउने भएका हुन् ।
नेपालको राष्ट्रिय झण्डा आकारमा निर्मित केन्द्रको उद्घाटन पछि आजै राजधानी फर्कने कार्यक्रम रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो । थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।
बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । यो सभाहल एक हजार सीट क्षमताको छ ।



कागजपत्र |
