महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ


काठमाडौं – काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । अहिले केही बेर अघि महानगरका नगर प्रहरी ले खाली गरेका हुन् ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगर र ट्राफिक दुबै का प्रहरी उपरीक्षक को टोलि राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । बुधबार सुनधारास्थित काठमाडाैं मल, न्युरोडलगायत स्थानमा बनेका अनधिकृत संरचना भत्काएको थियो । त्यस्तै बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएको महानगर शुक्रबार भने राहदानी विभाग पुगेको हो ।

मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् । यद्यपि आज महानगरका प्रमुख शाह फिल्डमा देखिएका छैन् ।

प्रतिक्रिया