

महानगरले हटायो कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसाय

काठमाडौं – काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन सुरु गरेको छ ।
कोटेश्वर क्षेत्रमा फुटपाथ ओगटेर व्यापार-व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको सामान हटाउने, जफत गर्ने काम महानगर प्रहरीले गरिरहेको छ ।
मेयर बालेन्द्र साह (बालेन) को निर्देशन पछि महानगर प्रहरी अहिले सो क्षेत्रमा परिचालति भएको हो ।

