फुटपाथ व्यापारीले बुझाए काठमाडौँ महानगरलाई ज्ञापनपत्र


काठमाडौं – काठमाडौंका फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।

मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति नाराबाजी गरेपछि ज्ञापनपत्र बुझाउन काठमाडौँ महानगरपालिकाको कार्यालय पुगेका थिए।

उनीहरूले ‘रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर, गास९बासको ग्यारेन्टी गर, श्रमको सम्मान गर’ लगायत नारा लगाएका थिए।

उनीहरूले सडक व्यापारीलाई मापदण्ड बनाई व्यवस्थापन गर्नु पर्नेसहित तीन वटा माग राखी महानगरलाई ज्ञापन९पत्र बुझाएको काठमाडौँ महानगरपालिका प्रवक्ता महेश काफ्लेले जानकारी दिए।

संघर्ष समितिले यसअघि सरकारसँग भएको सम्झौतासमेत कार्यान्वयन गर्नुपर्ने बताएको छ।

संघर्ष समितिले काठमाडौँका मेयर बालेन शाहलाई भेटी ज्ञापन पत्र बुझाउन खोजेका थिए तर मेयर शाहले समय नदिएपछि प्रवक्ता काफ्लेलाई ज्ञापनपत्र बुझाएका हुन्।

फुटपाथ व्यापारीको ज्ञापनपत्र मेयर शाहलाई बुझाउने उनले जानकारी दिए।

प्रतिक्रिया