प्रदर्शनमा फुटपाथ व्यापारी


काठमाडौं – फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।

सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र  राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरि स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु  कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।

299893572_465600255628922_9044423222011597440_n.jpg.jpg (854×569)

प्रतिक्रिया