वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती


काठमाडौं – वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समिति सिफारिस गरेका तीन जनामध्ये एक डा। उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उप्रेतीसहित युवराज बस्नेत र निर्मल उप्रेतीको नाम सिफारिस गरेको थियो । डा. उप्रेतीलाई नियुक्ती गर्न जसपाको निकै ठुलो प्रेसर रहेको थियो ।

कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको थियो । २० जेठमा पदपूर्तिका लागि सिफारिस समितिले सूचनामा प्रकाशित गरेको थियो ।

 

प्रतिक्रिया