
हिमानी शाहकाे स्वास्थ्यमा सन्ताेषजनक सुधार
काठमाडाैँ-पूर्वयुवराज्ञी हिमानी शाहकाे स्वास्थ्यमा सन्ताेषजनक सुधार आएकाे छ। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरकाे मेडिसिटी अस्पतालमा भर्ना गर्नुपरेकाे थियाे। अस्पताल स्राेतका अनुसार अबकाे एक दुई दिनमा हिमानी डिस्चार्ज हुनेछिन्।
पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्।
उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिकट स्रोतले जानकारी दिएको छ। नेपाल फर्किएकाे भाेलिपल्ट उनी बिरामी भएकी हुन्।



कागजपत्र |
