
नागरिकता विधेयकमा पक्ष र विपक्षमा मतदान हुने
काठमाडौं – प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ को पक्ष र विपक्षमा मतदान हुने भएको छ ।
नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्नु भएपछि मतदान हुन लागेको सभामुख अग्निप्रसाद सापकोटाले सदनमा जानकारी गराए ।
भट्टराईले एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिएको सदनलाई जानकारी गराएका थिए । उनले राष्ट्रप्रमुखले आठ बुँदामा लेखेर पठाइएको संसदमा छलफल गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा पहल नभएको हुँदा राष्ट्रप्रमुखले नै पुनर्विचार गर्न पठाएपछि पुनर्विचार गर्नैपर्छ भन्ने सोचका साथ मत विभाजनको माग गर्न चाहेको बताए ।
उनले मुलुकको हितका लागि प्रस्ताव गर्न चाहेको बताए ।



कागजपत्र |
