अर्थ सचिव पुष्करले लिए राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको सपथ


काठमाडौं – अर्थ सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् ।

उनलाई बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सपथ खुवाएका हुन् ।

पुष्कर २६ साउनमा अर्थसचिवमा सरुवा भएका थिए । अर्थसचिव राष्ट्र बैङ्कमा सञ्चालक समिति सदस्य रहने प्रावधान छ ।

प्रतिक्रिया