

नेपाल प्रहरीमा असईको अन्तिम नतिजा प्रकाशित (सुचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नयाँ भर्ना अन्तर्गत सहायक निरीक्षक (असई) को अन्तिम नतिजा प्रकाशित गरेको छ ।
प्रहरीमा २२ असोज २०७८ मा प्रकाशित सूचना अनुसार असई भर्नाका लागि प्रयोगात्मक, लिखित तथा अन्तर्वार्तामा छनोट भएकाहरुको अन्तिम सूची प्रकाशित भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार अन्तिम छनोटमा ४४३ जना र बैकिल्पक तर्फ खुलामा ४, आदीवासी जनजाती तर्फ ९, मधेशी तर्फ २ र पिछडिएको क्षेत्र तर्फ २ जना रहेका छन ।
हेरौ सूची:

