फिर्ता नपठाउने सर्तमा दैनिक १५ लाख रुपैयाँसम्म विदेशी मुद्रा भित्र्याउन पाइने


काठमाडौं – नेपाल राष्ट्र बैङ्कले दैनिक विप्रेषण आप्रवाहको सीमा बढाएको छ ।

कुनै व्यक्ति वा फर्मले विभिन्न शुल्क, चार्ज वा रेमिट्यान्सको रूपमा विदेशबाट नेपालीको खातामा वा कुनै फर्म वा कम्पनीको नाममा पैसा पठाउँदा दैनिक १५ लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरेको हो । तर, यस्तो आप्रवाह फिर्ता गर्न नपाइने बैङ्कले जनाएको छ ।

विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र-२०७८ जारी गर्दै बैङ्कले नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्मरकम्पनीरसंस्थार शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशी (नागरिक वा फर्मरकम्पनीरसंस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाख रुपैयाँसम्म एकै पटक वा पटक(पटक गरी ल्याउन सकिने बताएको छ ।

यस्तो व्यवस्था यसअघि दैनिक १० लाख रुपैयाँसम्म मात्र भित्र्याउन पाइने व्यवस्था रहेको थियो । तर, यसरी भित्र्याइने विप्रेषणको उल्लेखित ढाँचामा मासिक रूपमा कारोबारको तथ्याङ्क राखी बैङ्कको सम्बन्धित विभागमा पेस गर्नुपर्ने बैङ्कले जनाएको छ ।

प्रतिक्रिया