
स्वयम्भूमा ४० गुम्बाका लामा गरुहरूलाई तालिम
काठमाडौं – बौद्ध दर्शन प्रवर्दन तथा गुम्बा विकास समितिले दुई दिने गुम्बा व्यवस्थापन तालिम कार्यक्रम सुरु गरेको छ । काठमाडौंको स्वयम्भूमा सोमबारदेखि सुरु भएको उक्त तालिममा ४० गुम्बाका लामा गरुहरूले प्रशिक्षण लिइरहेका छन् ।
तालिममा गुम्बाको आन्तरिक व्यवस्थापन, पञ्चशील पालनालगायतका विषयमा प्रशिक्षण भइरहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले बताए । निर्देशक दोङका अनुसार प्रशिक्षणमा देशभरका करिब ४० गुम्बाका लामा गरुहरूले प्रशिक्षण लिइरहेका छन् ।
समितिका आचार्य नुर्बु शेर्पा‚ लेखा अधिकृत विनीता भण्डारी, प्रशासकीय अधिकृत वन्दना कुमारी झा, योजना अधिकृत सन्जु योङ्गया प्रशिक्षणमा रहेको गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पाले बताए ।
कार्यक्रमको प्रमुख अतिथिमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) रहेका थिए। यस्तै कार्यक्रमको अतिथिमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङ‚ सदस्य महेन्द्रजङ्ग तामाङ‚ विश्वकुमार लामा‚ पाल्देन लामा लगायतले प्रशिक्षकहरूलाई पनि स्वागत गराइएको थियो ।



कागजपत्र |
