रुपन्देहीमा गोली प्रहारबाट एकजना घाइते


बुटवल-  रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। एक समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बस्ने विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। ओमसतिया गाउँपालिका–४, वसन्तपुरमा अज्ञात समूहले गएराति गुरुङमाथि गोली प्रहार गरेको थियो।

घाइतेलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने समूहको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार घाइतेको अवस्था अहिले सामान्य रहेको छ। गोली प्रहार गर्नेको खोजी र घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया