दोलखाको सिंगटी क्षेत्रमा पछिल्लो ६ घण्टामा झन्डै ९६ मिलिमिटर वर्षा


काठमाडाैं – दोलखाको सिंगटी क्षेत्रमा पछिल्लो ६ घण्टामा झन्डै ९६ मिलिमिटर पानी परेको छ । दिउँसोदेखि भएको मुसलधारे वर्षा अहिले भने कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले त्यहाँ पानी पार्ने प्रणाली कमजोर भएर वर्षा कम हुँदै गएको र केही समयमा पानी पर्न रोकिने मौसमविद् राजु प्रधानाङ्गले बताए । पहाडी क्षेत्रमा ठूलो वर्षा भएकोले पहिरोको जोखिम हुने हुँदा सावधानी अपनाउनुपर्ने उनले बताए।

यस्तै पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएकोले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिममा मौसम बदली र पानी पर्ने क्रम बढेको महाशाखाले जनाएको छ । तर केही ठाउँबाहेक ठूलो पानी पर्ने स‍म्भावना भने कम रहेको मौसमविद् प्रधानाङ्गले बताए ।

प्रतिक्रिया