बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण


काठमाडौं – बेलायतबाट नेपाल आएका तीनजनामा नयँ प्रजातिको भाइरस भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीनजनामा नयाँ प्रजातिको भाइरस भएको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिन बेलायतबाट फर्किएका नेपालीको परीक्षण गरी भाइरसको जिन सेक्वेन्सिङ गरेको थियो। जसमध्ये संक्रमण पुष्टि भएका ६ जनामध्ये ३ जनामा नयाँ स्ट्रेनको भाइरस पुष्टि भएको हो।

नयाँ प्रकारको कोभिड देखिनेमा २८ वर्षीय महिला, ६७ वर्षीय र ३२ वर्षीय पुरुष रहेका छन्। जसमध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषको पिसिआर परीक्षण गर्दा नेगेटिभ आइसकेको मन्त्रालयलले जानकारी दिएको छ। अर्का पुरुषमा पोजेटिभ नै रहेपनि कुनै लक्षण भने देखिएको छैन।

संक्रमितको नमुना जिन सेक्न्सिङका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा गत पुस २७ गते हंङकङ प्रयोगशालमा पठाइएको थियो। आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई हंकङकको प्रयोगशालाले पठाएको मेलमा तीन जनलाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

प्रतिक्रिया