सल्यानमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ 


सल्यान – बागचौर नगरपालिका–३ रारेचौरस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–५ गोठीवन बस्ने ३९ वर्षीय  लिलमान भण्डारी लगायत ४ जना छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई १८ हजार ७ सय ४५ रुपैयाँ र ४ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया