
काठमाडौँको काँडाघारीमा रहेको प्रहरी प्रभाग नै डुबान
काठमाडौं। अविरल वर्षाको कारण काठमाडाैंकाे काडाँघारीस्थित प्रहरी प्रभाग डुबानमा परेकाे छ । गएराति परेकाे वर्षाले प्रहरी प्रभागकाे तल्लाको पुरै भाग डुबानमा परेकाे हाे । बाढीले प्रभागमा रहेको मेसको आधा भाग बगाएको, मेस भित्र भएको ग्यास,खादद्यन्न, भाडाहारू,फर्निचरको सामान सबै बगाएको छ ।
कार्यलयको पछाडिको भागमा रहेको ३ वटा मोटरसाइकल बगाएको र बाकँीको बिबरण आउन बाँकी रहेको प्रहरी प्रभाग काडाँघारीले जनाएको छ । प्रहरीका अनुसार बेस सेटले काम गर्न छाडेको, मोटोरोला सेटमा टीएक्स नहुने,नहुने, हाइट्रा सेटबाट पनि अलिअलि मात्रै काम गरेकाे छ । बत्ती नभएको कारण कार्यालयको सीयुजी फोन समेत बन्द भएको छ ।
यस्तै गौरिघाटस्थित बागमति किनारामा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ । डुबानमा फसेकालाई प्रहरीले राति नैउद्धार गरेको हो । यस्तै मंगलबार राति आएको बाढीमा फसेका खहरे माथि राडारबाट २ जना पुरुष ब्यक्तिको उद्दार गरिएको काडाँघारी प्रहरी प्रभागले जनाएको छ ।
साथै डुबानमा परेको ३ वटा सानो र ४ वटा ठुलो गाडी निकालिएको छ । प्रहरीका अनुसार हरहर महादेब नजिकैको गाइगोठमा ५/७ जना मानिस अलपत्र रहेकाले उद्धार कार्य भइरहेको छ । ।



कागजपत्र |
