तारकेश्वरबाट हँसियाले हानेर कुकुर मार्ने महिला पक्राउ


काठमाडौं – हँसियाले हानेर कुकुर मारेको आरोपमा तारकेश्वर नगरपालिका–४ कि एक महिला पक्राउ परेकी छिन् ।

आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै बुधवार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मार्ने जुना बराललाई प्रहरीले पक्राउ गरेको हो । उनले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियो हेरेर पशु अधिकारकर्मी इरफान खानसहितको टोलीले बराल विरुद्ध प्रहरीमा उजुरी दिएसँगै बालाजु प्रहरीले महिलालाई पक्राउ गरी हिरासतमा राखेको हो ।

प्रहरी कार्यालय अगाडी पशु अधिकारकर्मीहरूले कुकुर मार्नेलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया