
मन्त्रिपरिषद बैठकले गर्यो मधु मरासिनीसहित एक दर्जन सचिवहरुको सरुवा
काठमाडौं – सरकारले सचिवहरुको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीलगायत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय भएको हो ।
एक मन्त्रीका अनुसार अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
त्यस्तै बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।
महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।



कागजपत्र |
