

देशभर थपिए ७६० संक्रमित, थप १ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ७६० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५९२६ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ३२४ जना कोरोना संक्रमण मुक्त भएका थिए ।
त्यस्तै उक्त अवधिमा नेपालमा १ जना संक्रमितले ज्यान गुमाएका छन् भने ४७ हजार ३४१ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
अहिलेको अवस्थामा नेपालमा ५ हजार ६ सय २ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

