
कोइली नदीले बगाउँदा दुईजना बेपत्ता
चन्द्रौटा – कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन् ।
वाणगङ्गा नगरपालिका–७ बस्दै आएका वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनार बेपत्ता भएका छन् । आज बिहान नदी तर्ने क्रममा उनीहरूलाई नदीको बहावले बगाएको हो ।
अहिले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयवासीले उद्धार गर्न सफल भएका छन् ।



कागजपत्र |
