
पिकअप भ्यानमा करेन्ट लाग्दा १० को मृत्यु, १६ घाइते
कुचबिहार — भारतको पश्चिम बंगालमा एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ। घटनामा अन्य १६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पश्चिम बङ्गालको कुचबिहार जिल्लादेखि पिकअप भ्यानमार्फत जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका १० जनाको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर अचेत सबैलाई उद्धार गरेर चेंगाबान्धा अस्पताल पुर्याइएको थियो ।
त्यसमध्ये १० जनालाई प्रहरीले मृत घोषणा गरेको थियो । घटनामा घाइते १६ जनालाई जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ। ज्यान गुमाउने र घाइते हुने सबै कन्बारिया सेतालकुचीका बासिन्दा हुन् । उनीहरू २७ जनाको समूहमा थिए ।
घटनाबारे अनुसन्धान थालेको प्रहरीले पिकअप भ्यानमा राखिएको जेनेरेटर सर्ट भएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ भने चालक भने फरार छन्।



कागजपत्र |
