१६ स्कुल बसका चालक कारबाहीमा


काठमाडौं  – ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् ।

स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो ।

अभियानलाई निरन्तरता दिने क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो ।

१६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन गरेर कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चेकजाँचका क्रममा मापसे गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

स्कुल बस चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता भट्टले बताएका छन् ।

प्रतिक्रिया