देशभर थप २६६ संक्रमित, ५ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ भने थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट एक हजार नौ सय ५९ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४०० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९५४ पुगेको छ। त्यस्तै हालसम्म २३१ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख १२ हजार ४५२ जनाको पीसीआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया