यस्तो छ संसदीय छानबिन समितिले प्रतिनिधिसभामा बुझाएको प्रतिवेदनको पूर्ण पाठ


काठमाडौं – तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई कर र भन्सारका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवदन प्रतिनिधिसभामा पेस भएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पेस गरेका हुन् ।बजेट निर्माणसँग सम्बन्धित कागजात मगाइएर अध्ययन गरिएको, सम्बन्धित अधिकारीहरूसँग छलफल गरिएको, सीसीटीभीको सिस्टम नै मगाएर रिकभर गरिएको लगायतका काम गरेर प्रतिवेदन तयार गरिएको कर्णले जानकारी दिए ।

समितिको १७ दिने कार्यावधिमा २३ बैठक बसेर ७५ घण्टा काम गरिएको सभापति कर्णले जानकारी दिए ।

प्रतिक्रिया