देशभर थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २ हजार ४७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका हुन् ।

बिहीबार एकै दिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घण्टामा २६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या भने ४ हजार ३५६ पुगेको छ । २४ घण्टाको अवधिमा २८ हजार २५६ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया