मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु


हेटौंडा – मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

कैलाश गाउँपालिकाको वडा नम्वर ३ र ७ को सिमामा रहेको मनहरि खोलाले बगाउँदा बुधबार दिउँसो ५८ वर्षीय जितबहादुर प्रजाको मृत्यु भएको वडा नम्वर ७ का वडाध्यक्ष उदाशकुमार भोलनने जानकारी दिए ।

वडा नम्वर ३ मा रहेको कालिकाटार बजारबाट घरायसी सामान खरिद गरि वडा नम्वर ७ खानीडाँडामा रहेको निवासतर्फ फर्कने क्रममा प्रजालाई खोलाले बगाएको थियो ।

पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको शवलाई शुक्रबार पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया