सन्दीपले वेस्टइन्डिजमा ‘द सिक्स्टी’ खेल्ने


काठमाडाैं – नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीपल लामिछानेले वेस्टइन्डिजमा आयोजना हुने नयाँ फर्म्याटको ‘द सिक्स्टी’ प्रतियोगिता खेल्ने भएका छन् । वेस्टइन्डिज क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता सन्दीपले जमैका तलावासबाट खेल्ने छन् ।

जमैकामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम, अष्ट्रेलियाका क्रिस ग्रीन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् छन् । यस्तै, वेस्टइन्डिजकै रोमान पावेल, फावियन एलेन, ब्रान्डन किङलगायत खेलाडी छन्।

प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म आयोजना हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिला तर्फ ३ टिम सहभागी हुने छन् । ६० बलको प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ। सन्दीपले जमैकाबाटै क्यारेबियन प्रिमियर लिग पनि खेल्ने छन्। सिपिएल अगस्ट ३० बाट सुरु हुनेछ।

प्रतिक्रिया