


काठमाडौँको फोहोर आजदेखि उठाइने

काठमाडौँ- काठमाडौं महानगरपालिकाले आज बिहीबारदेखि फोहोर संकलन गर्ने भएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न भएसँगै आजदेखि फोहोर उठाउन सुरू गरिने भएको हो।

