

ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिँदा ट्याक्सीचालक घाइते

ललितपुर — ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ ।
बिएण्डबी अस्पताल नजिककै आकाशे पुल मुनिपट्टि बा.३ ख ४४४० नम्बरको बसले बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् । बसले किच्दा ट्याक्सीको ड्राइभरसाइडकै पछाडिको भागमा पूर्ण क्षति भएको छ ।
उक्त बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु नरहेको थप मानवीय क्षति भने हुन पाएन ।
घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

