बामदेव गौतमतिर ढल्किएका दिपक मनाङेको एक लाख ४ हजार नेकपाले किन काट्यो?


काठमाडौं– मनाङ ‘ख’बाट गण्डकी प्रदेश सभा सदस्य जितेका राजीव गुरुङ उर्फ दिपक मनाङेको पारिश्रमिकबाट एक लाख ४ हजार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खातामा पुगेको छ।

सांसद लेवीका रुपमा उक्त रकम पारिश्रमिकबाट काटिएको खुलेको हो। पछिल्लो पटक नेकपा एकता अभियानमा बामदेव गौतमतिर ढल्किएका मनाङेले उक्त रकम फिर्ता मागेका छन्। फिर्ता नदिए बरु राजीनामा दिनेसम्म मनाङेले बताएको विवरणमा आएको छ।

उनी गण्डकी प्रदेशका स्वतन्त्र सांसद हुन्। जसको परिचय पत्र पनि स्वतन्त्रकै रुपमा रहेको छ। सत्ता पक्षको लहर बस्दै आएका उनी १९ असार ०७६ मा नेकपामा प्रवेश गरेको बताइएको थियो। तर उनले समर्थनमात्र गरेको दाबी गर्दै आएका छन्। उनले सचिवालयका सचिव हरिराज पोखरेललाई लेबी काटिएकोबारे आपत्ति जनाउँदै फिर्ता लिने बताइसकेका छन्।

प्रतिक्रिया