द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित, आदिवासी समुदायबाट राष्ट्राध्यक्ष बन्ने प्रथम व्यक्ति


काठमाडौं – भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन्। उनी देशको सर्वोच्च पदका पुग्ने प्रथम आदिवासी समुदायकी व्यक्ति हुन्। चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन्।

राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको अन्तिम नतिजा बिहीवार साँझ आएको बीबीसी हिन्दीले जनाएको छ। राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गरेका थिए।

उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो। मुर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्। मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन्। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ।

उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्। सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्।

प्रतिक्रिया