कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


कपिलवस्तु – कपिलबस्तुको बुद्धभुमी नगरपालिका–९ चम्पापुरमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक किशोरी घाइते भएकी छन् । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय शुसिल केसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो ।

घाइते भएकी १७ वर्षीया कुस्मा केसीको सोही अस्पतालमै उपचार भइरहेको छ । ना ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ८ ठक्कर दिएको थियो ।

दुबै सवारी साधन सहित बस चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया